न्युरो टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गयो

नवलपरासी । नवलपरासी पूर्वको नन्दपुरमा न्युरो टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ ।

मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा न्युरो टिप्न जाँदा उनीहरुलाई नारायणी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

हिजो बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैको शव गए राति फेला परेको पाठकले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation