
उपकार अनलाइन, चारनम्वर ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आकर्षणमा हरेक बर्गले स्वतस्फूर्त सुभेच्छा बढाउदै जाँदा सोमवार कपिलवस्तुमा पनि केन्द्रिय सदस्य कमल सुबेदिले अगुवा नेता तथा कार्यकर्तालाई संक्षिप्त प्रशिक्षण दिनु भएको छ।
कपिलवस्तुको बाणगङ्गा नगरकार्य समितिको कार्यालय जितपुरमा लुम्बिनी प्रदेश सभापति देवराज पाठक, प्रदेश प्रवक्ता कमल पोख्रेल ,प्रदेस सद्स्य तथा र्यापिट एक्सन टिम संयोजक बिनय घिमिरे ,प्रदेस सदस्य रोम बराल, जिल्ला सभापति शिव कुमार सुवेदी, उपसभापति गिता शर्माको उपस्थितिमा नगर तथा गठित वडाका सभापति तथा सल्लाहकार एबम कृयाशिल सदस्यता लिएका अगुवा कार्यकर्ताहरुलाइ प्रसिक्षण दिएको नगर सभापति बुद्धिसागर बेल्बासेले जानकारी गराउनु भयो ।
यता आज बाणगङ्गाको वार्ड नम्बर ५ को समिति गठन र वडा कार्यालयको उद्द्घाटन हुने भएकोले ५ नम्बर वडा बासी सबैलाइ उपस्थित हुन आग्रह समेत बेल्बासेले गर्नु भयो। कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सभापति सहितको टोलिलाइ जिल्ला सभापति शिबकुमार सुवेदी र नगर सभापति बेल्बासेले पुस्पगुच्छा सहित नगर समितिको कार्यालय मा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा पार्टीका हरेक गतिविधि र भावी लक्ष्यका बिसयमा धेरै कार्यकर्ताहरुले जिज्ञासा् राखेका थिए।
पुराना पार्टीबाट सिद्धान्त अनुरुपको नेतृत्वले काम नगर्दा नयाँ पार्टीको जन्म भएकाले नयाँ ढङ्गले प्रबिधिमैत्री पार्टीको परिचय बनाउन हरेक गाउँ टोलबाट क्षमतावान नेतृत्व चयन गर्दै अगाडि बढन केन्द्रिय सदस्य कमल सुवेदीले निर्देश गर्नुभएको छ। तल्लो तहबाट असल नेतृत्व छनौट गर्ने विधि र ढाकारामको कार्वाही प्रक्रियालाई सहि ढङ्गले अनुसरण गर्न समेत केन्द्रिय सदस्य सुवेदी र प्रदेस सभापति देवराज पाठकले आग्रह गर्नु भएको छ। बाणगङ्गा सहित कपिलवस्तुका अधिकांश वडा र पालिकाका धेरै साथीहरू जोडिसकिएकाले परिवर्तनको पक्षमा रहेका सबै जनतालाइ आआफ्नो क्षमताको आधारमा जनताको सेवा गर्ने निस्वार्थमा पार्टी भित्र छिटो जोडिन प्रदेश प्रवक्ता कमल पोख्रेल र जिल्ला सभापति शिबकुमार सुवेदीले एकसाथ अनुरोध गर्नुभएको छ।