
कपिलवस्तु । बिगत लामो समय देखि विभिन्न कक्षाहरु सञ्चान गरेर सेवा दिइरहेको लुम्बिनी पेन्टागन एजुकेशन सेन्टरले अहिले पनि बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ ।
कानुन सङ्काय लगायत विभिन्न विषयमा प्लस टु सकेर बसेका विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै यहि जेष्ठ १० गतेदेखि कक्षाहरु सञ्चालन गर्न लागेको हो ।
बुटवल ८ मिलनचोकमा रहेको सेन्टर बाट अनलाइन आवेदन फारम भरिने, परिक्षामा अनुत्तिण विद्यार्थीहरुको लागि विशेष कक्षाको व्यवस्था लगायतका विभिन्न सुविधा सहितका कक्षा सञ्चालन हुन लागेको पनि सेन्टरले जनाएको छ ।
बिगतका वर्षहरुमा बि.एल.एल.बि. सहित अन्य ट्युसन कक्षाहरुलाई सफलतापुर्वक सम्पन्न गरि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उक्त सेन्टरले अहिले पनि आफ्ना कक्षाहरुलाई सफल बनाउन विद्यार्थीको रुचि, चाहाना र आवश्यक्तालाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्ने जनाएको छ । बुटवलकै अन्य सेन्टरहरुले प्रवेश परिक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीहरु बाट चर्को मुल्य असुल्ने गरेको भन्दै त्यस प्रति सजग रहन पनि सेन्टरले आग्रह गरेको छ ।