बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्षदेखि बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने बताएको छ ।

सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने बताउनुभएको हो । साथै उहाँले कृषि बाली, पशुपक्षी तथा मत्स्य व्यवसायलाई समेट्ने गरी कृषि बीमाको दायरा विस्तार गर्दै लगिने पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कृषि कर्जा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने बताउनुभयो । साना तथा सीमान्तकृत किसानलाई योजनामा आधारित किसान पेन्सन योजनाको आधारमा अवधि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

यस्तै कृषि, पशुपक्षी तथा खाद्यसम्बन्धी प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्तरोन्नति गरिने राष्ट्रपतिले बताउनुभयो । साथै खाद्य भण्डार क्षमताको अभिवृद्धि गरी न्यूनतम परिमाणको खाद्यान्न मौज्दात राख्ने व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation