
विमल गैरे, सैनामैना ।
राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर कमिटिले शुक्रवार शैक्षिक सामग्रि तथा पोशाक बितरण गरेको छ । राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा सप्ताह ब्यापि कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको बौद्धिक अपाङ्गता सेवा केन्द्रमा शैक्षिक सामग्री तथा पोशाक बितरण गरेको हो । बौद्धिक अपाङ्गता सेवा केन्द्रका करीव १२ जना विद्यार्थीहरुलाई ६ सेट ड्रेस र छ सेट कापि कलम वितरण गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको सचिवालय सदस्य इश्वरी न्यौपानेले उपकार अनलाईनलाई जानकारी गराउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगरकमिटि अध्यक्ष गोपाल खड्का अध्यक्षता तथा राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय कमिटि सदस्य बुद्दि राज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय युवासंघ नेपाल रुपन्देही जिल्ला कमिटि उपाध्यक्ष दिपक खड्गि, जिल्ला कोषाध्यक्ष नारायण थापा लगायत संगठनका जिल्ला, नगर तथा शाखा कमिटिका सदस्यहरुकोे सहभागितामा रहेको थियो । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगरकमिटी उपसचिव बिमल चौधरीको सञ्चालनमा सम्पन्न भएको हो ।