राष्ट्रिय स्वतन्त्र पार्टी वाणगंगा ८ को सभापतिमा गोबिन्द जि.सि

उपकार अनलाइन, कपिलवस्तु ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाणगंगा नगरपालिकामा संगठन विस्तार अभियान तीव्र बनाएको छ । देशभर संगठन विस्तार अभियान थालेको रास्वपाको केन्द्रिय निर्णय अनुसार वाणगंगामा पनि संगठन विस्तारले तीव्रता पाएको हो ।

नगर सभापति बुद्धि सागर बेलबासेका अनुसार शनिवार वडा नम्बर ८ मा गोबिन्द जि सि सर्वसम्मत सभापतिमा चयन भएका छन् ।
यस्तै उपसभापतिमा मधु पाण्डे भुसाल, सचिबमा सोब बहादुर खासु, कोषाध्यक्षमा राजेन्द्र के सि, सह सचिबमा सुस्मिता थारु, सदस्य हरुमा धनिस्वर पौडेल ,हरिकला ज्ञवाली, गोबिन्द गिरि, कृष्ण पोख्रेल, बिकास गिरी सर्वसममत चयन भएका छन् ।

सल्लाहकार समितिको संयोजकमा युवराज कंडेल, सदस्यहरुमा राम प्रसाद अधिकारी ,चन्द्रमोहन शर्मा, खेमराज पौडेल (खुमा) ,रेसम ढकाल, राम प्रसाद पोख्रेल चयन भएका छन् । वडा भेलाको सभापतित्वमा त्यसै वडाका सम्मानित जेष्ठ सदस्य चन्द्रमोहन शर्मा को सभापतित्वमा जिल्ला सभापति शिव कुमार सुवेदीको प्रमुख आतिथ्यता,रास्ट्रीय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश शिक्षा तथा स्वास्थ्य बिभाग प्रमुख रोम बराल, वार्ड नम्बर १ का सभापति शंकर पौडेल ,२ का सचिब जनक राज गौतम ,११ का सभापति नारायण खनाल, सामाजिक ब्याक्तित्व हेमन्त श्रेष्ठ ,बिक्रम थापा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा वडाबासी गोबिन्द बहादुर के सि ले स्वागत मन्तव्य ,प्रदेस सदस्य एबम शिक्षा तथा स्वास्थ्य बिभाग प्रमुख रोम बराल को शुभकामना मन्तब्य, जिल्ला सभापति सुवेदिले बधाइ तथा शुभकामना सन्देस संगै नवनिर्वाचित कार्यसमिति लाई जिल्ला सभापति सुवेदीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो। कार्यक्रम बुद्धिसागर वेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation