उपाध्यक्ष कालाथोकीको एक वर्षे कार्यकाल कस्तो भयो ?

प्युठान । माण्डवी गाउँपालिकाको समग्र विकास र समृद्धिमा एक भएर काम गर्ने वाचा सहित तत्कालीन स्थानीय तहको निर्वाचन बाट पुर्ण प्रसाद कालाथोकी उपाध्यक्षमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ। बोलेर भन्दा काम गरेर जनमुखी बन्न सकिन्छ ,भन्ने स्वभावका उपाध्यक्ष कालाथोकी गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी सहितका दलसँगको गठवन्धनबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो।

तत्कालीन निर्वाचनमा जनताका माझ अनेकौं वाचा गरिएको र कहियौँ सपना बाँडिएको स्वीकार गर्दै उपाध्यक्ष कालाथोकीले शिक्षा स्वास्थ्य ,कृषि ,भौतिक पुर्वाधार ,सामाजिक न्याय लगाएका क्षेत्रमा केही आधारभुत बाहेकका अपेक्षाकृत कामहरु पूरा गर्न नसकिएको उपकार अनलाइनलाई बताउनु भएको छ। उपाध्यक्ष कालाथोकीले एक फरक प्रसङ्गमा आफ्नो एक वर्षे कार्यकाल सिकाइमै सिमित भएको उल्लेख गर्नु भयो। विपन्न परिवारको निः शुल्क स्वास्थ्य विमा,निः शुल्क आधारभुत शिक्षा, सडक पुर्वाधार ,पर्यटन,उत्पादनमुखी कृषि प्रणालीको परिकल्पना ,महिला,वालवालिका,सामाजिक न्याय लगाएका क्षेत्रमा भने केही महत्त्वपूर्ण काम भएको उहाँको दावी छ। यस्तै उहाँले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा वजेट वितरणमुखी भन्दा उत्पादनमूखी क्षेत्रमा खर्च गर्ने प्रणालीको विकास गर्ने प्रतिवद्धता जनाउनु भयो। विगत लामो समय देखि नै बजेट अधिकांश रुपले वितरणमुखी हुँदा विकास र समृद्धि अपेक्षाकृत गतिमा हुन नसकेको उहाँको ठहर छ।

वितरणमुखी कार्यक्रमले जनताहरुलाई परनिर्भरता तर्फ धकेल्न खोजेको सङ्केत गर्दै उपाध्यक्ष कालाथोकीले आगामी नीति कार्यक्रमले जनताको प्रत्येक्ष माग,आवश्यकता ,समस्या तथा वर्तमान अवस्थालाई संबोधन गर्ने बताउनु भयो।साथै एक वर्षे कार्यकाल सफल पार्न विभिन्न तह र तप्काकाबाट प्रत्यक्ष रअप्रत्यक्ष रुपमा साथ सहयोग प्रदान गर्ने आम जनप्रतिनिधि ,कर्मचारी ,राजनीतिक दल,पत्रकार ,स्थानीय वुद्धिजीवि,समाजसेवी ,सुवेच्छुक लगाएतमा उपाध्यक्ष कालाथोकीले धन्यवाद समेत ज्ञापन गर्नु भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation