कुशासन र दण्डहीनताको बिरोधमा शान्ति समाजले दियो जिल्ला प्रशासन अगाडि धर्ना

उपकार अनलाईन, कपिलवस्तु ।
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले आइतवार जिल्ला प्रशासनको गेट अगाडि कुशासन र दण्डहीनता विरुद्धमा धर्ना दिएको छ। जिल्ला सभापती माधब घिमिरेको नेतृत्वमा उक्त धर्ना दिइएको थियो।

धर्ना कार्यक्रममा जिल्ला उपसभापति पशुपतिमणि त्रिपाठी, अर्घाखाँची जिल्ला सभापति निलकण्ठ भुसाल लगायत अधिकार कर्मिले दण्डहीनता र कुशासानको बिषयमा आ–आफ्ना धारणा राखेको समेत कपिलवस्तु जिल्ला सचिब बुद्दी सागर बेल्बासेले जानकारी दिए । मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय निर्णय अनुसार उक्त धर्ना कार्यक्रम जिल्ला प्रशासनको गेट तौलिहवामामा गरिएको सचिब बेल्बासे बताए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation