गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली, अन्य प्रदेशमा चर्को घाम

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्र र तराईका जिल्लामा अहिले घाम लागेको छ ।

दिउँसो भने मौसम बदली भइ एक दुई ठाउँमा पानी पर्ने अनुमान रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम भने सामान्य बदली छ ।

यी चार प्रदेशका एक दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् कडेलले जानकारी दिनुभयो । यी प्रदेशमा प्रि मनसुनसँगै पश्चिमी वायुको प्रभाव परेको उहाँले बताउनुभयो ।

पश्चिमी हावा दिउँसो काठमाण्डौसम्म बहने सम्भावना रहेकाले अहिले घाम लागे पनि दिउँसो मौसम बदली हुने अनुमान गरिएको हो ।

यस्तै, दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation