
कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा भएको कार्यपालिका बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । जस क्रममा भुगोल, जनसङ्ख्या, राजश्वमा पुर्याएको योगदान र भौगलिक विकटता गरि चार सुचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय बैठकले गरेको हो । साथै वडालाई योजना मागको लागि मार्गदर्शन समेत गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसदा पौडेलले जानकारी दिनुभएको छ ।
अब वडाले टोलटोल बाट योजना माग गर्दै अवश्यक छलफल गरि नगरमा पेस गर्ने छन ।
कार्यपालिका बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । जस अनुसार ४७५ उपभोक्ता समिति बाट सम्पन्न हुने र ५१ वटा ठेक्का प्रक्रिाया बाट सम्पन्न हुने गरि यस आर्थिक वर्षमा नगर भरि जम्मा ५२६ योजना रहेका थिए । जस मध्ये उपभोक्त बाट सम्पन्न हने योजना मध्ये २९३ योजना भुक्तानी भैसकेका छन, भने ठेक्का पट्टा बाट हुने योजना मध्ये १७ वटा योजना भुक्तानी भैसकेको र बाँकी भुक्तानि हुने प्रक्रियामा रहेको नगर प्रमुख चक्रपाणी आर्यलले बताउनु भएको छ । यस आर्थिक वर्षमा ९० प्रतिशत भन्दा धेरै योजना सम्पन्न हुने मेयर अर्यालले बताउनु भएको छ ।
त्यस्तै कार्यपालिका बैठकले महिला स्वयमसेविका हित कोष सञ्चालन कार्यविधि पारित गरेको छ । कार्यविधि पारित भएपछि नगरमा रहेका महिला स्वयमसेविकाको पक्षमा थप प्रभावकारी कार्यक्रम हुने विश्वास लिइएको छ ।
त्यस्तै भूमिआयोग अन्तर्गत अव्यवस्थित बसोवासीको नापजाँचको प्रक्रिायलाई अघि बढाउने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।
नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यपालिका बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता कुमारी चौधरी लगायतले आ-आफ्नो धारण राख्नुभएको थियो ।