जेलमुक्त भएको एक सातामै ७० वर्षीया महिलामाथि बलात्कार

बर्दिया । मधुवन नगरपालिकास्थित ७० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।

शुक्रबार बेलुका सोही पालिका बस्ने मंगाराम थारु ती वृद्धामाथि जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदिप राज शाहीले बताए ।

बलात्कारका आरोपित थारुलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । पीडितकै घरमा उनले बलात्कार गरेको आरोप लागेको छ ।

यसअघि बलात्कारको अभियोगमै तीन वर्ष सजाय भोगेका थारु सात दिनअघि बर्दिया कारागारबाट सजाय भुक्तान गरी छुटेको प्रहरी उपरीक्षक शाहीले जनाए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation