रेशम चौधरीको कैद माफी स्वीकार्य हुन्न: एमाले

काठमाडौं । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको कैद माफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले माफी दिएको भन्दै उनले आपत्ति जनाए । आइतबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चौधरीलाई माफी दिँदा टिकापुर घटनाका पीडितलाई थप पीडा पुग्ने बताए ।

‘सरकारले चाहेको अवस्थामा सजाय माफी दिनसक्छ । तर व्यवस्थालाई दुरुपयोग गरेर, कानुनी राज्यलाई खिल्ली उडाउँदै कानुनी शासन, विधिको शासन, त्यसलाई कमजोर बनाउने गरी सबै हिंसाका घटनालाई सत्तासँग जोड्ने, राजनीतिसँग जोडने, उन्मुक्ति दिँदै जाने। यसले कस्तो नजिर बस्नसक्छ रु त्यसकारण यो विषयमा गम्भीरताका साथ सरकारले ख्याल पुर्‍याउनु पर्छ । सम्माननीय राष्ट्रपतिज्यूले यो विषयमा ख्यालपूर्वक अगाडि बढ्नुपर्छ । हाम्रो यो आग्रह रहन्छ’ उनले भने ।

उनले अगाडि भने, ‘सर्वोच्चको पूर्णपाठ आइपुगेको अवस्था छैन भनेपछि यति हतार गर्नुपर्ने यो कारण के पर्‍यो रु सरकारलाई के आइलाग्यो कि यति हतार गर्नुपर्ने । त्यसकारण यो विषयमा ख्यालपूर्वक, ध्यानपूर्वक भोली गलत नजिरहरु नबसून् । र, प्रत्येक हिंसात्मक घटनाहरुलाई पछि राजनीतिक दाउपेचको आधारबाट सत्ता लेनदेनसँग मिसाएर अघि बढ्ने जे खेतीपाती हुन खोजेको छ । यो किमार्थ राम्रो विषय होइन । यो स्वीकार गर्न सकिने विषय होइन।’

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation