काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३–० ले हराउँदै भारतले उपाधि जितेको हो ।

प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भारतसित पराजित भयो । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र काजाकस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् ।

डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation