बाणगंगाका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरिएको छ । आज नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पतालको आयोजना तथा एन.ए.बि.पि नर्वेको आर्थिक सहयोगमा एक दिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरिएको हो ।

तालिममा जलविन्दु, मोतियाविन्दु, ट्रकोमा, दृष्टि रोग, रतन्धो, आँखामा लाग्ने चोटपटक लगायत आँखामा आउने विभिन्न समस्याको बारेमा छलफल गरिएको थियो । त्यस्तै तालिममा स्थानिय हेल्थ पोस्ट र आँखा उपचार केन्द्रमा आउने आँखा सम्बन्धी विभिन्न समस्याको बारेमा उपस्थित र प्रशिक्षक बिच अन्तरक्रिया समेत गरिएको थियो ।

तालिम बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवालको अध्यक्ष्ता, बाणगंगा नगरपालिकाका स्वास्थ्य संयोजक ठगराज पौडेल, विभिन्न स्वास्थ्य चौकिका प्रमुख तथा प्रतिनिधि, विभिन्न आँखा उपचार केन्द्रका स्वास्थ्यकर्मि, पत्रकार लगायत विभिन्न व्याक्तिको उपस्थिती रहेको कार्यक्रममा उपेन्द्र चन्दले प्रशिक्षण दिनुभएको थियो भने जग नाथ विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation