श्रद्धाञ्जली सभा सम्पन्न

सागर बेल्बासे, कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) जिल्ला कार्यसमिती कपिलवस्तुले शोक सभा सम्पन्न गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा वडा नम्बर ११ का सभापति नारायण खनालको भाइ बुहारी लिला खनालको असामहिक निधन भएको नवौ दिनमा शोक सभा सम्पन्न गरेको हो ।

जिल्ला सभापी शिव कुमार सुवेदीको सभापतित्वमा, प्रदेश प्रवक्ता कमल पोख्रेल सहित जिल्ला ,नगर र वडा स्तरीय आम नेता तथा कार्यकर्ताको उपस्थितिमा स्वर्गीय लिला खनालको घरमा शोक सभा गरेको थियो। शोक मन्तव्य दिंदै प्रदेश प्रवक्ता पोख्रेल र जिल्ला सभापति सुवेदीले स्वर्गीय लिला खनाल जस्ता परिवर्तनका लागि सहयात्रा गर्ने पार्टीका सच्चा सिपाही गुमाउनु पर्दा पार्टी पंक्ति र परिवारजनमा ठुलो क्षती परेको उल्लेख गर्नु भएको छ। यो सोकको क्षणमा सबैलाई शक्ति मिलि परिवारजनमा रास्वपाको सम्बन्ध अझ प्रगाढता पुर्वक राखिरहने समेत उल्लेख गर्नुभएको छ। कार्यक्रम को संचालन वडा समिति सचिब हिराधर भट्टराईले गर्नुभएको थियो। स्वर्गीय लिलाका श्रीमान, दुई छोरा र एक छोरी छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation