
काठमाण्डाै । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विद्युत् खरिद बिक्रीको सम्झौता भएको हो ।
सम्झौतापछि भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो सम्झौताको बारेमा उल्लेख गर्नुभएको छ । यस्तै, भारतले नेपालको तल्लो अरुण आयोजना र फुकोट कर्णाली आयोजना बनाउने पनि सम्झौता भएको छ ।
यस्तै, भारतीय प्रसारणलाइनको प्रयोग गरेर नेपालले बङ्लादेशलाई चाँडै ५० मेगावाट बिजुली बेच्न पाउने पनि समझदारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलनका क्रममा उल्लेख गर्नुभयो ।
यस्तै, अमलेखगञ्जबाट चितवनको लोथरसम्म र सिलगुढीबाट झापासम्म पेट्रोलियम पाइपलाइन बनाउने र दुवै ठाउँमा पेट्रोलियम भण्डारण केन्द्र बनाउने पन सम्झौता भएको छ । यस्तै, दुई देशबीच क्रस बोर्डर पेमेन्ट अर्थात् अन्तरदेशीय भुक्तानी प्रणालीको विषयमा पनि समझदारी भएको छ ।