आलुमा चर्को कर लगाउँदा गंगादेबवासी किसान मर्कामा

रोल्पा । रोल्पा जिल्लाको १० स्थानिय तह मध्य धैरै जसो बेला-बेला बिबादास्पद बन्ने गाउँपालीका गंगादेब हो भन्दा फरक नपर्ला ।

त्यस्तै कृर्षकहरूले गाउँपालिका बाट पाउँने सेवा सुबिधाको साटो उल्टै किसानलाई न‌ै भार पर्ने तरिकाले कर तिर्दा गंगादेब किसान बासी चिन्तित बनेका छन् ।
रोल्पाको गंगादेब गाउँपालिकाले गत बर्ष आलुको प्रति क्विन्टल मा १० रूपैयाँ कर लिएको थियो।
अहिले ९० रूपैया बढाएर प्रति क्विन्टलमा १०० रूपैयाँ लिने गरेको गंगादेब बासी केहि किसानहरूले बताएका छन् । आलु उत्पादनमा फस्टाएको गंगादेब यसरी ह्वात्तै कर बृद्धि हुदा किसानहरू निक‌‌‌ै भारमा पर्ने देखिन्छ ।

आलु किसानको घरबाट ठेकेदारले नै उठाए पनि प्रति क्विन्टल १०० रूपैया किसानहरूलाई नै भार पर्दछ।
हजारौं क्विन्टल आलु उत्पादन हुने यस गाउपालिकामा यसरी किसानहरूले कर तिर्दा लाखौँ रूपैयाँ गाउँपालिकाले कर उठाउने देखिन्छ ।

अहिले यहाँको आलु केहि थौर‌‌‌ै किसानहरूले ब्रिक्रि गरेपनि अझै धैर‌ै जसो किसानहरूले आलु बिक्रि गर्न बाकि नै छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation