२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल दाेस्राे खेलमा पनि पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको दाेस्राे खेलमा पनि नेपाल पराजित भएकाे छ ।

म्यानमारमा भइरहेकाे प्रतियाेगितामा आज बिहीवार नेपाली टाेली चीनसँग ५–० गाेलले पराजित भयाे । यसअघि मङ्गलवार भएकाे पहिलाे खेलमा पनि नेपाल घरेलु टोली म्यानमारसँग ५–० गाेलले नै पराजित भएको थियो । नेपालले शनिवारकाे अन्तिम खेलमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

दाेस्राे चरणकाे छनाेट खेलमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation