दाङमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

दाङ । लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।  होटल संचालक ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ  र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation