गुल्मीको छत्रकोटमा गणित विषयमा अध्यापनरत शिक्षकहरुको क्षमता अभिबृद्दि तालिम सुरु

गुल्मी । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गणित विषयमा अध्यापनरत शिक्षकहरुको दुई दिवसीय क्षमता अभिबृद्दि तालिम गुल्मीको छत्रकोट गाउँपालिकामा सुरु भएको छ । छत्रकोट गाउँपालिकाका विभिन्न विद्यालयका माध्यमिक , निम्नमाध्यमिक र प्राथमिक तहमा अध्यापन गर्ने १/१ जना गरि ६५ जना गणित शिक्षकहरुको सहभागीता रहेको छ ।

वरिष्ठ प्रशिक्षक एबम लेखक हुकुम प्रसाद दाहाल ले तालिमको सहजीकरण गरिरहनु भएको छ । छत्रकोट गाउँपालिकामा गणित बिषयको सिकाइ उपलब्धि बढाउने उद्देश्यका साथ तालिम सन्चालन गरिएको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताउनु भएको छ। छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री रहनुभएको थियोे ।

त्यसैगरि विशिष्ट अतिथी जिल्ला समन्वय समिति उपप्रमुख तेजेन्द्र सलामी रहनुभएको थियो । छत्रकोट गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रशिक्षक हुकुम प्रसाद दाहालले तालिमको बारेमा प्रकाश पार्नुभएको थियोे । कार्यक्रममा बोल्दै दाहालले गणितको मुख्य समस्या आधारभुत तहमा रहेकोेले गणितलाई जीवन सङ्ग जोडदै शिक्षण गर्नुपर्ने कुरा बताउनु भएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दोर्ण बहादुर खत्रीले विद्यालयमा गणित शिक्षक सदैब अग्रपंक्तिमा रहने उल्लेख गर्दै गणित शिक्षकले विद्यार्थीलाई गणित बिषय प्रती रुचि जगाउनु पर्ने कुरामा जोड दिनुभएको थियो। उद्घाटन शत्र को समापन गर्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले तालिम कर्मकाण्डी मात्र हुन नहुने भन्दै तालिममा सिकेका कुरा कक्षाकोठामा पुराउन आग्रह गर्नुभएको थियोे । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियोे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation