दाङमा नदीमा डुबेर बालककाे मृत्यु

दाङ । दाङमा राप्ती नदीमा डुबेर एक बालककाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

मृतककाे शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation