बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्यो

कपिलवस्तु । बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्ने भएको छ । तापक्रम बढ्दै गएको र मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको छ ।

नगरपालिकाले गत जेठ २२ गतेदेखि २८ गतेसम्म विदा दिने निर्णय गरेको थियो ।

नगर शिक्षा समितिको आईतबारको बैठकले थप ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । अब नगरका सामुदायिक र संस्थागत सबै विद्यालयमा असार ३ गतेदेखि नियमित पठनपाठन सुरु हुने छ ।

पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation