
कपिलवस्तु । कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आइतबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो ।
सवारी दुर्घटना न्यूनीकरण बुद्धभुमिको गोरुसिंगे अर्घाखाँची चोकमा स्वास्थ्यकर्मी राखेर चालकको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको हो। छन्द कालेबाबू नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा सवारी साधन चालकको आखाँ चेक जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
चालकको स्वास्थ्य अवस्थाले पनि सडक दुर्घटनामा भूमिका खेल्ने भएकाले चालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उपचारका लागि सल्लाह दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो। स्वास्थ्य जाँचका क्रममा कतिपय चालकको उच्चरक्तचाप भएको पाइएको बताइएको छ। बस, ट्रक, जीप र अटो चालक गरि ५५ जनाको आखाँ स्वास्थ्य परिक्षण गरिएको छ।