पाल्पामा लिची टिप्दा लडेर महिलाको मृत्यु

पाल्पा । पाल्पाको चापपानीस्थित लिची टिप्न रुखमा चढेकी एक महिलाको सोमबार मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–९, चापपानी, फुक्टुङकी ४५ वर्षीया धना खाणको आफ्नै बारीको लिचीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

लिची टिप्ने क्रममा रुखबाट लडेर सख्त घाइते भएकी खाणलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation