एकल लोकगीत प्रतियोगिता : अर्घाखाँची अडिसनबाट प्रदिप र कल्पना छनोट

अर्घाखाँची । अर्घाखाँची मा सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेश स्तरीय एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट प्रदिप बि.क र कल्पना परीयार छनोट भएका छन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कमिटी शाखा अर्घाखाँची ले प्रदेशमा हुने प्रतियोगीताका लागि सञ्चालन गरेको अडिसनमा भाग लिएका १२ जना प्रतियोगीहरुबाट प्रदिप र कल्पना छनोट भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र जि.सी ले जानकारी दिए ।

खुला अडिसनको पहिलो चरणबाट ६ प्रतियोगी छनोट भएका थिए । ति मध्ये दुुई जनालाई प्रदेश प्रतियोगिताका लागि छनोट गरिएको अध्यक्ष जि.सी ले बताए । असार ७ गते प्रदेशस्तरीय प्रतियोगिता हुँदै छ । जिल्लाबाट छनोट भएका दुई जना प्रतियोगीहरुले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने प्रतिष्ठान लुम्बिनी प्रदेशका निवर्तमान सदस्य सहयोगी बि.सी ले जानकारी दिए।

No description available.

लोक सस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना र सम्पूर्ण जिल्ला शाखाहरुको सह–आयोजनामा प्रतियोगीता हुन लागेको बि.सी ले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ११, दोस्रो हुनेले ३१ हजार १ सय ११ र तेस्रो हुने २१ हजार १ सय ११ सहित मेडल र प्रमाण पत्र पाउने छन् । कार्यक्रम को संचालन भने प्रतिष्ठानकै सदस्य तथा प्रवक्ता नवीन रसाइली गरेका थिए ।।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation