शितगङ्गा १४ मा ४६ योजना सम्पन्न हुँदा १५ सम्पन्न हुने चरणमा

कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा आर्थिक वर्ष २०७९/८० मा रहेका जम्मा ६१ वटा योजना मध्ये ४६ वटा योजना सम्पन्न भएका छन भने १५ वटा सम्पन्न हुने चरणमा रहेका छन । आज शितगङ्गा नगरपालिका वडा नम्बर १४ को चालु आर्थिक वर्ष २०८९/८० को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८०/८१ वार्षिक बजेट एबम वडा सभा कार्यक्रममा वडा सचीव मोदनाथ ज्ञवालीले यस्तो वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।

शितगङ्गा १४ को सबै भन्दा माथि रहेको बौरि देखि कपिलवस्तु र रुपन्देहीको सिमानामा पर्ने बिक्रम, पाबर, करेचुलि, खोरमोर लगायत सबै गाउँ र टोलहरुलाई समेटेर बनाइएका योजना मध्ये धेरै जसो सम्पन्न गर्न सफल भएको सचीव ज्ञवालीले दाबी गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले चुनावमा बाचा गरेका धेरै योजनालाई अगाडी सारेको बताउनु भएको छ । पाँच वर्षको अबधिमा बाचा गरेका सम्पुर्ण योजनालाई सम्पन्न गर्ने उद्देश्यले आफु लागिपरेका बताउनु भएको छ । नगरमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायत नगरवासीका आधारभुत आवस्यकतालाइ विषेश प्राथमिकता दिदै आफु अगाडि बढिरहेकोले आफुलाई सङ्काको दृष्टिकोण बाट नहेर्न पनि मेयर पौडेलले आग्रह गर्नुभएको थियो । उपस्थित स्थानियका गुनासाको जबाफ दिदै मेयर पौडेलले शिक्षाको क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि लैजानको लागि शिक्षक, कर्मचारी, अभिभावक, स्वयम विद्यार्थी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनु भएको छ । त्यस्तै उहाँले १४ नम्बर वडा र सिङ्गो नगर भित्र रहेका अव्यवस्थित सुकुम्बासीको समस्यालाई समाधान गर्न आफु प्रतिबद्ध रहेपनि केहि मुद्दामा कुरा नमिल्दा नगरको बैठक बस्न नसकेका कारण केहि समय रोकिएपनि अहिले अगाडि बढिसकेको भन्दै लालपुर्जा नभएकाले छिट्टै लालपुर्जा पाउने आश्वासन दिलाउनु भएको थियो

त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष दामोदर न्यौपानेले वडामा आएको  बजेटले वडावासीका सबै गुनासा सम्बोधन गर्न नसकेपनि आवस्यकता हेरेर जनताका धेरै गुनासाको सम्बोधन गर्न सफल भएको दाबी गर्नुभएको छ । वडा बाट योजना परेपछि भएका हरेक कामलाई आफुले निरन्तर हेर्न नसक्ने भएकाले ति कामहरु के कति भए, कसरी भैरहेका छन, कमिकमजोरी के छन, के कस्ता समस्या छन ति यावत कुराको ध्यान दिने जिम्मा स्थानियवासीको पनि रहेकोले त्यस तर्फ स्थानियवासी गम्भिर हुनुपर्ने उहाँले बताउनु भएको थियो । वडा बाट हुने काममा कहिलेकाहिँ गल्ति हुन सक्ने भएकाले ति गल्ति र कमजोरीलाई औँल्याइदिने काम वडावासीको हुने बताउनु भएको छ । वडा अध्यक्ष न्यौपानेले आगामि आर्थिक वर्षमा बजेट निक्कै कम भएकाले वडावासीका आवश्यक्ताका आधारमा बजेट विनियोजन गर्ने पनि बताउनु भएकाो छ ।

कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिकाका पुर्व उपमेयर टिका रेस्मिले १४ नम्बर वडाको कार्य सिङ्गो नगरमै उत्कृष्ट आएको भन्दै वडा परिवारलाई धन्यवाद र बधाई दिनुभएको थियो । १४ नम्बर वडा प्राकृतिक स्रोत साधनले पनि भरिपूर्ण रहेको भन्दै जनप्रतिनिधि, कर्मचारी, स्थानिय लगायत सबै इमान्दार बन्ने हो भने यस वडाको विकास गर्न धेरै समस्या नरहेको बताउनु भएको छ । फरक प्रसङ्गमा उहाँले यो वर्षमा नगरपालिकाको कार्यपालिका बैठक कयौं पटक अबरुद्ध भएको बताउदै त्यसले सिङ्गो नगरको बिकासमा ठुलो बाधा पुर्याएको बताउनु भएको छ ।

कार्यक्रममा मन्तव्य र गुनासो राख्ने अधिकांसले आगामी आर्थिक वर्षमा आ आफ्ना क्षेत्रका समस्या समेट्ने गरि बजेट बाडफाड गर्न आग्रह गरेका थिए ।

कार्यक्रम शितगङ्गा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षता, शितगङ्गा नगरपालिकाका प्रमुख छबिलाल पौडेलको प्रमुख आतिथ्यता, नगर पुर्व उपप्रमुख टिका रेस्मि मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । वडामा रहेका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायत स्थानीयको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य ओम दर्लामीको स्वागत तथा वडा कार्यालय सहजकर्ता लेखनाथ पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation