लुम्बिनी सरकारद्वारा भूम्या पर्वको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा

लुम्बिनी । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रूकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको जानकारी दिएको छ। यसअघि जारी वक्तव्यमा दाङसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने भनिएको थियो।

फेरि त्यो सच्याउँदै दाङलाई कटाइ दुई जिल्लामा मात्रै सार्वजनिक बिदा दिने जानकारी दिइएको हो।

मगर समुदायले भूम्या पर्व धुमधामपूर्वक मनाउने गर्छन्। भुम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ। प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै नाच्ने चलन छ।

वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने प्रचलन रहे पनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रूपमा मनाउने गरिन्छ।   समूह बनाएर नाच्ने परम्परागत वेशभूषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाड–हिमालमा जाने गर्छन्। जसलाई उनीहरू नोगोपो जाने भन्ने गर्छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation