तिलोत्तमामा एक युवाको हत्या, अभियुक्तलाई पक्राउ

नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ । मँगलबार साँझ करिब ७ बजेको समयमा उनीहरु बीच आपसी विवाद भएपछि अभियुक्त कंवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्यापछि उनी फरार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर बि.क.ले बताए । अभियुक्तलाई विहिबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो । जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation