लुम्बिनीको बजेटबारे प्रतिपक्षको टिप्पणी : कनिका छरे जस्तै छ

बुटवल  । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट कनिका छरे जस्तै भएको टिप्पणी गरेको छ ।

शुक्रबार लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरीले कनिका छरे जस्तै भएको टिप्पणी गरेका हुन् । उनले सरकारले बजेट विभिन्न  शीर्षकमा ल्याएको टिप्पणी गरेका छन् ।

उनले कांग्रेस माओवादीसहितको गठबन्धन सरकारले ल्याएको बजेटले प्रदेशको आर्थिक समस्यालाई समाधान गर्न नसक्ने बताए । बजेट हावादारी भएको उनको भनाइ छ ।

नेता गिरीले बजेटले जनताको जीवनस्तर सुधार्ने र विद्यमान संकटको सम्बोधन गर्न नसक्ने बताए । उनले  कार्यकर्ता पोस्ने उद्देश्य बजेट लिएको बताए ।  नेता गिरीले लुम्बिनी सरकारले ल्याएको बजेटबाट समृद्धि हासिल गर्न नसकिने बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation