माण्डवीका महिला स्वास्थ्य संयमसेविकाहरुको मासिक भत्ता बढ्यो

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले स्वास्थ्य क्षेत्रबाट प्रदान गरिने खोप,सुरक्षित मातृत्व ,प्रजनन स्वास्थ्य ,पोषणजस्ता जनस्वास्थ्य सँग सम्बन्धित आधारभुत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई परिचालनमा उत्प्रेरित गर्न मासिक भत्तामा वृद्धि गरेको छ।

आज देखि सुरु भएको गाउँ सभाको १४अौँ बजेट अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गाउँपालिकाले सेवामा उत्प्रेरित गर्ने नीति लिएको बताउनु भएको हो।

मासिक रु.एक हजार छ सय प्रोत्साहन भत्ता दिदै आएको गाउँपालिकाले श्रवण देखि चार रुपैया वृद्धि गरि रु.दुई हजार प्रदान गर्ने तथा मासिक वैठक भत्ता र मासिक सञ्चारलाई निरन्तरता दिईएको पनि गाउँपालिका अध्यक्ष अधिकारीले बताउनु भयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation