रास्वपा स्थापना दिवसको अबसरमा तीनदिने सरसफाइ कार्यक्रम: भोली कार्यालय उद्घाटन गर्ने

 सैनामैना । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसको अर्थात प्रथम वर्ष वार्षिकउत्सबको उपलक्ष्यमा सैनामैना नगर समितिको आयोजनामासरसफाइ कार्यक्रम भएको छ । ३ दिने बृहत् सरसफाई कार्यक्रम अन्तर्गत आज तेस्रो दिन सैनामैना नगरपालिकाको वडा न. ७,१० र ११ मा पर्ने विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाइ अभियान सम्पन्न भएको हो ।

यसै गरि स्थापना दिवसकै अवसरमा उत्सव पारेर भोलि ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैना नगर समितिको सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम समेत रहेको जानकारी पार्टीको वडा नं सातका सभापति राजन शर्माले जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation