देउराली घाटको सरसफाइमा मलामिको सक्रियता

कपिलवस्तु । बाणगङ्गा नगर भित्र का धेरै ले मृत्यु पछि मृतक को अन्तिम संस्कार को लागि नगरपालिका को उत्तरी भेगमा पर्ने देउराली घाटले परिचीत बाणगङ्गा नदिमा दाहासंस्कार का लागि लैजाने गर्दछन। बाणगङ्गा १ निवासी विभिन्न संघ संस्था का साथै सामाजिक रुपमा अगुवाइ गर्ने शालिन ब्याक्तित्व लिलापती घिमिरे को दिदी को ९२ बर्सको उमेरमा देवहासन हुंदा घर परिवार ,आफन्त र इस्टमित्र भावबिहिल त थिए नै,तर जति पिडामा भएपनी अन्तिम संस्कार को विकल्प हुंदैन नै।

त्यसै क्रममा उहाँको अन्तिम संस्कारको लागि सहभागी मलामी हरुको अगुवाइ गर्दै बाणगङ्गा १ निवासी सामाजिक अगुवा घनश्याम घिमिरे ,रामु भुसाल,उमनाथ पौडेल ,हिमालय भुसाल, डिलु श्रेष्ठ लगायत सबैको सक्रियता मा त्यस क्षेत्र को करिब २०० मिटर वरपर यश अघि अन्यको दाहासंस्कार गरि यत्रतत्र छरिएका दाउरा ,ठुटा तथा अन्य फोहोर बस्तु लाई नदि कै बगर मा एकीकृत गरि जलाइएको छ।

त्यस क्षेत्र मा सरसफाइ का लागि सबैको मन सदैव एक बनाएर लाग्नु पर्ने भएकाले बिसेसत यश क्षेत्र का आम नागरिक लाई समेत सबैले आग्रह समेत गरिएको छ।सबैले सबै क्षेत्र मा यसै गरि ध्यान पुराएर लाग्ने हो भने मात्रै वातावरण सहित सबै क्षेत्र को बिकास मा स्वतस्फूर्त टेवा पुग्ने भएको देख्न सकिन्छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation