कृष्णनगरमा करेन्ट लागेर एक जनाको मृत्यु, सात जना घाइते

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ४ सिर्सिहवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना सामान्य घाइते भएका छन्।

बुधबार दिउँसो ढेड बजेतिर सिर्सिहवा स्थित भित्री बाटोको नाली बनाउनको लागी मिक्सर मेसिन चलाउने क्रममा अचानक विजुलीको तारमा छोएर उनीहरुलाई करेन्ट लागेका थियो।

करेन्ट लागेर कपिलवस्तुको बिजयनगर गाउपालिका ५ जोगिनिया का २४ वर्षिय अलाउजिन धुनियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा जागीनिया कै वर्ष २८ का राकेश चौधरी, वर्ष २४ का दिलिप चौधरी, वर्ष ३० का सुरेश यादव, बर्ष २२ को मुस्तकिम धुनिया, वर्ष ३० को महोमद हलिन, वर्ष ३२ को हरिहर यादव वर्ष ३४ को हरि प्रसाद कोहार सामान्य घाइते भएका छन्। उनीहरुको कृष्णगनर स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरको अवस्था सामान्य रहेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation