कपिलवस्तुको गर्मी कम हुँदै, २२ गतेदेखि बन्द भएका बाणगंगाका विद्यालय आज खुले

कपिलवस्त । हल्का वर्षा भएपछि कपिलवस्तु सहित लुम्बिनी प्रदेशका जिल्लामा गर्मी केहि कम भएको छ । मगंलवार बिहान र गएराति भएको हल्का वार्षाले कपिलवस्तुमा केहि राहत मिलेको हो ।

बिहानै पानी परेपछि गर्मीबाट राहत महसुस भएको बाणगंगा १ बैरिया निवासी पुस्पा क्षेत्रीले बतउनुभयो । “लामो समयसम्म खडेरी पर्दा घरभित्र बस्न समेत समस्या भएको थियो । मंगलबार र आज बिहान पानी परेपछि केहि शीतल महसुस भएको छ,” उहाँले भन्नुभयो ।

यता अत्यधिक गर्मीका कारण बन्द भएका बाणगंगाका विद्यालय पनि १६ दिनपछि आज खुलेका छन । उखरमाउलो गर्मीले पठनपाठन कार्यमा समस्या उत्पन्न भएपछि २२ गतेदेखि बन्द भएका विद्यालय आज विहिवार खुलेका हुन ।

नगरपालिकाले पहिलो पटक गत जेठ २२ गतेदेखि २८ गतेसम्म, दोस्रो पटक असार १ गतेसम्म र पछि फेरी विहिवार विद्यालय खुल्नेगरि सुचना जारी गरेको थियो ।
बर्खाको समयमा पानि नपरेर भगवान गुहारेका कपिलवस्तुका किसानहरुले पनि हल्का वर्षा भएपछि राहत महशुस गरेका छन । कपिलवस्तुमा राखिएको अधिकांश धानको बिउ पानि नपरेकै कारण सुक्ने अवस्थामा पुगेको थियो भने केहि किसानहरुले धानको बिउ नै राख्न पाएका थिएनन ।

उता अर्घाखाँचीमा पनि आज बिहान भएको वर्षाका कारण धेरै राहत मिलेको शितगंगा नगरपालिका वडा नम्बर १४ निवासी भरत ढकालले बतउनु भएको छ । “जनतन बिउ राखेका थियौँ । तर बाजो खेत जोत्नका लागि पानि परेको थिएन, आज पानि पर्यो अब बिउ पनि हुर्कने भयो,” उहाँले भन्नुभयो ।आकासे पानीको भरमा खेती गर्ने भएकाले अर्घाखाँचीका अधिकांश किसानहरु पानी नपर्दा हैरान भएका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation