सितगङ्गा १ मा झबिलालको एक्लो साहास : माइका थानामा ७७ पटक घण्टी बज्यो

कपिलवस्तु । सांच्चिकै सुसासन र समृद्धि को लागि लामो समय प्रजातान्त्रिक इतिहास बोकेका यथास्थितिवादी चरीत्र का राजनैतिक दलहरू बाट वाक्क भएका नागरिक हरु एकाएक परिवर्तनको बैकल्पिक शक्ति राश्टृय स्वतन्त्र पार्टी मा आकर्सित हुने क्रम बढिरहेको छ।आज राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो बार्सिक उत्सवको अवसर पारेर सितगङ्गा १ का हठी एबम निडर स्वाभावका झबिलाल बेल्बासे(रामु) गाउँ को पुरानो धार्मिक आस्थाको धरोहर माइका थाना देबिको मन्दिर मा रहेको विशाल घण्टी को ध्वनि ७७ पटक सम्म तरङ्गित गराउदै सितगङ्गा १ बाट परिवर्तनको पक्ष मा एक्लै साहास राख्नु भएको छ।

घण्टी बजाएको फोटो खिच्ने समेत साथी नभएकाले एक्लै घण्टी बजाएर आज सम्म बोकेको यथास्थितिवादलाई तथास्तु गरें।उहाँ भन्नुहुन्छ !राम्रो कर्म मा जोडिदा कमैको साथ हुन्छ तर आशा छ यहाँ परिवर्तनको पक्ष मा युवा नेतृत्व भएको रास्वपामा खराब चरीत्र का राजनितीकर्मिका जाली फुटने गरि घण्टी को आवाजको परिणाम ल्याउने छु।नेपाली कांग्रेस को जिल्ला सदस्य तह सम्म को जिम्मेवारी मा पुगेको बताउने रामु मलाइ पद प्रतिस्ठा को लागि भन्दा देस र आम नागरिकको अवस्था परिवर्तन हुनेगरी लड्ने मन छ ।

त्यस्का लागि आजै बाट निस्वार्थ ढङ्गले राष्ट्रिय स्वतन्त्र पार्टी मा स्वतस्फूर्त जोडिएको समेत झबिलाल बेल्बासे(रामु)ले बताउनुभएको छ।२/४ दिन भित्र मा सितगङ्गा नगर समिति गठन गर्ने बृहत तयारी भैरहेको सितगङ्गा निवासी युवाहरुको भनाइ छ।श्रीधर भुसाल ले त्यस कार्यको संयोजन गरिरहनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation