बाणगंगा १० द्वारा ३२७ विद्यार्थीहरुलाई झोला वितरण

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर १० ले वडा भित्र सामुदायि विद्यालयमा अध्यानरत पाँच वर्ष मुनिका सबै विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि अन्तर्गत झोला वितरण गरेको छ । आज वडा नम्बर १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच ८ वटा विद्यालयका ३२७ विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पोख्रेलले विद्यार्थीहरु भविष्यका कर्णधार रहेकोले प्राथमिक तहदेखि नै विद्यार्थीहरुलाई शिक्षा प्रति आकार्षण गर्ने उद्देश्यका साथ शैक्षिक सामाग्रि अन्तर्गत झोला वितरण गरिएको बताउनु भएको छ । वडालाई शिक्षाको क्षेत्रमा अब्बल गराउनको लागि आफुले विगतमा पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै अबका वर्षहरुमा पनि यसलाई निरन्तरता दिने बतउानु भएको छ । समाजलाई सकरात्मक बाटोमा हिडाउने मुख्य हतियार शिक्षा नै रहेकोले वडाले शिक्षालाई विशेष प्राथमिकता दिएको बताउनु भएको छ ।

वडाका कर्मचारी, शिक्षक, अभिभावक लगायत विभिन्न व्याक्तिको उपस्थिती रहेको कार्यक्रमका सञ्चालन भने वडा सचिव शन्त कुमार चौधरी (शन्तोष) ले गर्नुभएको थियो  ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation