बाणगंगा नगरपालिकाद्वारा १ अर्ब ५६ करोड ३२ लाख ९३ हजारको बजेट प्रस्तुत 

कपिलवस्तु । कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पुर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि रु १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँको रुपैयाँ बराबरको बजेट नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले सार्वजनिक गरेकी हुन् ।

संघीय सरकारबाट प्राप्त शसर्त चालु बजेट रु. ४४ करोड ९५ लाख, पूँजीगत रु. ३ करोड ४५ लाख, संघीय विशेष रु. ५० लाख, संघीय समपुरक रु. ६० लाख, गरी जम्मा रु. ४९ करोड ५० लाख, प्रदेश सरकारबाट प्राप्त शसर्त चालु रु.५८ लाख, पूँजीगत रु. १ करोड ३२ लाख, प्रदेश समपुरक रु. १ करोड ५० लाख गरी जम्मा रु. ३ करोड ४० लाख, सामाजिक सुरक्षातर्फ रु. ३७ करोड र योजना तथा कार्यक्रमको लागत सहभागिता रु. ३ करोड ५० लाख गरी जम्मा रु. ९० करोड ८० लाख बाडफाड गरिएको छ ।

बाँकी रु. ६२ करोड ५९ लाख ९२ हजार बजेटबाट आर्थिक विकास रु. ९ करोड ४४ लाख ९३ हजार, सामाजिक विकासमा रु. ५२ करोड, पूर्वाधार विकासमा रु. ३६ करोड ५२ लाख ५० हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा रु. १ करोड ११ लाख र संस्थागत सुशासनको क्षेत्रमा रु. २० करोड २४ लाख ५० हजार बाडँफाँड गरिएको छ ।

यता चालु आर्थिक वर्षको समष्टिगत बित्तीय प्रगति अन्तर्गत चालु आ. व. २०७९÷०८० मा कूल आय अनुमान १ अर्ब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ रहेकोमा जेष्ठ मसान्तसम्म १ अर्ब ८ करोड ७७ लाख ६० हजार ४ सय १८ प्राप्त भएको छ । आन्तरिक आम्दानीको समिक्षा गर्दा प्रस्तावित आय रू. ६ करोड ७२ लाख ८१ हजार ७ सय ६१ अनुमान गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रू. ५ करोड ८४ लाख ५८ हजार ९ सय १२ मात्र असुली भई ८६.८८ प्रतिशत आन्तरिक आयतर्फको लक्ष्य प्राप्त गरिएको छ भने वार्षिक लक्ष्य भन्दा बढी हुने संसोधित अनुमान रहेको । चालु आर्थिक वर्ष २०७९।०८० को खर्चको संक्षिप्त समिक्षा गर्दा प्रस्तावित आय रू. १ अरब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ मध्ये चालुतर्फ रु. ७० करोड ९१ लाख ९३ हजार ९ सय ८७ विनियोजन गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रु. ४५ करोड ७१ लाख ५९ हजार २ सय ४६ खर्च भई ६४.४५ प्रतिशत र पूँजिगत खर्चतर्फ रू.५७ करोड ९० लाख ५३ हजार २ विनियोजन गरिएकोमा रु. २६ करोड ७४ लाख ३२ हजार ७ सय १९ खर्च भई ४६.१८ प्रतिशत गरी जम्मा ५६.२४ प्रतिशत खर्च प्रगति भएको छ । आगामी आषाढ मसान्तसम्म करिब ८५ प्रतिशत भन्दा बढी खर्च हुन सक्ने संसोधित अनुमान गरिएको छ ।

May be an image of 1 person, dais and text

नगरपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, उद्यमशिलता विकास र आय अर्जन, दिगो र वातावरणमैत्री पुर्वाधार बिकास र विपद ब्यबस्थापन, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सामाजिक परिचालन, सामाजिक परिवर्तन, सुशासन, सार्वजनिक सेवा प्रवाह र मानव संसाधन विकासलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

May be an image of 1 person, dais and text that says '2011 이गર સમા (दोसो बैठक) आ.व. २०τ०/οτ कार्यक्रम गते शनिबार ਲர तीकरण हिमालयन रिसोर्ट BPA f'

तर उपमयेर चौधरीले बजेट प्रस्तुत गर्ने क्रममै नगरसभाका सदस्यहरुले वडा नम्बर १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेललाई डिविजन वन कार्यालय तौलिहवाले नियन्त्रणमा लिई हिरासतमा राखेको प्रति विरोध गर्दै स्थानीय तह ऐन २०७४ अन्तर्गत बाणगंगा नगरपालिकाको नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफा १९ बमोजिम अर्को ुुचना जारी नभए सम्मका लागि बैठक स्थगित गरिएको एक सुचना मार्फत जानकारी गराईएको छ ।
बाणगंगा नगरपालिका– ४ स्थित पिस हिमालयन रिर्सोटमा भएको उक्त बैठकमा नगरसभाका सदस्यहरुले उठेर विरोध जनाएपछि नगरसभाका अध्यक्ष चक्रपाणी अर्यालले अर्को सुचना जारी नहुँदा सम्मका लागी बैठक स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।

May be an image of 9 people and lighting

 

May be an image of 4 people and dais

May be an image of 5 people, dais and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation