
कपिलवस्तु । कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ सामाजिक विकास केन्द्रले मात्र नभएर सम्पुर्ण सरकारी र गैर सरकारी संस्थाहरुले रोजगार वृद्धि, कृषि सम्बन्धि कार्यक्रम, शिक्षा, स्वास्थ, मानवअधिकार लगायतका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन । आज सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा संचालीत सामाजिक व्याक्तिहरु बाट संस्थागत पृष्ठपोषण कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले उक्ता क्षेत्र सङ्गै समाज परिवर्तन, सामाजिक मुद्दा, वातावरण संरक्षण, लागुपदार्थ दुव्र्यसनी, महिला तथा बालअधिकार, सुशासन लगायतका विभिन्न पक्षलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा बोल्ने वक्ताहरुको जवाफ दिदैँ बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले बाणगङ्गा नगरपालिकामा आफु आइसकेपछि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, लगायतका पक्षलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । नगरपालिका बाट बालबालिका, युवा, वृद्धवृद्धा, महिला लगायत सम्पुर्ण पक्ष समेटिने गरि विभिन्न कार्यक्रम संचालन गरिहेको र त्यस्ता कार्यक्रम बाट राम्रो उपलब्धि हासिल भैरहेकोले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ ।
उहाले कृषकको लागि अत्यावश्यक मलको विषयमा केन्द्रको नितिकै कारण कृषकहरुले पैसा तिर्दा पनि मल नपाइरहेको बताउनु भएको छ । बाणगंगाले गत वर्षमा पनि कृषकहरुको लागि विभिन्न कार्यक्रम ल्यएको भन्दै आगामि वर्षमा पनि त्यस्ता कार्यक्रमलाई समेटिएको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले भुमिहिन सुकुम्बासीका समस्या, रोजगार सृजना लगायतका कार्यमा गैरसरकारी संघ सस्थाहरु सङ्ग सरकारी नियकाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बतउनु भएको थियो ।
कार्यक्रममा सिद्धार्थ क्याम्पस बुङ्चिका उपप्रध्यापक गोबिन्द प्रसाद खनालले अहिले क्याम्पसमा अध्यनरत अधिकांश विद्यार्थी बेरोजगार भएकै कारण पढाई छोडिरहेको भन्दै सिद्धार्थ सामाजिक विकास केन्द्र सहित निजि संघ सस्था र सरकारी निकायले रोजगार सृजनाका कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले कपिलवस्तुका विभिन्न भेगमा मानव अधिकारका कुरा उठ्ने भएकाले त्यस क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनु भएको थियो । उहाँले समाजलाई उत्पादनमुखि बनाउनको लागि काम गर्नुपर्ने बताउनु भएको थियो ।
त्यस्तै रेडियो हर्ट विटका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भट्टराईले केन्द्रलाई आर्थिक पक्षमा बलियो बनाउनको लागि स्थायी स्रोतको व्यवस्थापन गर्नुपर्ने बताउनु भएको थियो ।
कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले विगतदेखि नै कपिलवस्तुका विभिन्न संघ सस्था र क्षेत्रहरु सङ्ग सहकार्य गर्दै उत्कृष्ट कार्य गरेको भन्दै सिद्धार्थ सामाजिक विकास केन्द्रले आगामी दिनमा कपिलवस्तु जिल्लामा मात्र नभएर देशैभर नाम कमाउने किसिमले काम गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रम सामाजिक विकास केन्द्रकी अध्यक्ष सुर्य कुमारी साहिको अध्यक्षता, जिल्ला समन्वय समिती संयोजक बाबुराम आचार्यको प्रमुख आतिथ्यता, बाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रका सचिव हरिलाल शर्माले केन्द्रको इतिहास, उपलब्धि, कार्यक्रम लगायतको बारेमा प्रष्ट पार्नुभएको थियो ।