सैनामैनाको आगामी बर्षको बजेट रु १ अर्ब १० करोड ५२ लाख

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०/०८१ का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपियाँ बजेट प्रस्तुत गरिएको हो ।May be an image of 4 people, dais, temple and text

जसमा चालु तर्फ रु ७७ करोड ७५ लाख ३८ हजार ७ सय ७४ (जसमा शिक्षक, विद्यालय कर्माचारीको तलब तथा कार्यालय सञ्चालन खर्च, स्वास्थ्यकर्मीको तलब भत्ता, सामाजिक सुरक्षा र नगरपालिका तर्फको प्रशासनीक खर्च, जनप्रतिनिधिहरुको सुविधा, कर्मचारी तलब भत्ता, भूमिहिन दलित तथा अव्यवस्थित जग्गाको नाप जाँच खर्च र विषयगत शाखा शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास शाखा, महिला बालबालिका शाखा, समेतको खर्चलाई समावेश गरिएको छ ।) र पूजिगत तर्फ रु ३२ करोड ७७ लाख ३० हजार, आन्तरीक स्रोत तर्फ रु. ९ करोड ७७ लाख ५२ हजार, नेपाल सरकार तर्फ सशर्त अनुदान रु २८ करोड ४० लाख, वित्तिय समानीकरण अनुदान रु. १२ करोड १७ लाख, समपुरक अनुदान रु ७५ लाख, विशेष अनुदान रु २ करोड २५ लाख, स्थानीय क्षेत्र पुर्वाधार विकास कार्यक्रम २ करोड, राजश्व बाँडफाँड रु १२ करोड ७६ लाख ४८ हजार, सामाजिक सुरक्षा भत्ता रु २८ करोड र अन्य अनुदान रु ६० लाख, प्रदेश सरकार तर्फ वित्तीय समानीकरण अनुदान रु ८६ लाख ६३ हजार, राजश्व बाँडफाँड रु १ करोड ९४ लाख ४१ हजार ७ सय ७४, सशर्त अनुदान रु १ करोड १६ लाख ५० हजार, विशेष अनुदान रु ८० लाख र मालपोत रजिस्ट्रेशन शुल्क रु २ करोड ५० लाख, समपुरक अनुदान रु १ करोड ५० लाख र बचत न्युन (±) रु ५ करोड ४ लाख १४ हजार रहेको छ ।

May be an image of 4 people and dais

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation