ब्राईट लुम्बिनीको १० औं वार्षिक उत्सवमा रक्तदान, ५६ प्वाईन्ट रगत सङ्कलन

कपिलवस्तु । शैक्षिक क्षेत्रमा प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल, कोरियन र जापनीज भाषाको हव ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो बार्षिक उत्सवको अवसरमा मानवीय उदाहरणीय कार्य गरेको छ ।
विक्रम संवत २०७१ साल असार १२ गते स्थापना गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले १० औं वार्षिक उत्सवको अवसरमा ‘वृहत रक्तदान’ तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा ५६ प्वाईन्ट रगत संकलन भएको र सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले जानकारी दिनुभएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद गिरधारीलाल न्यौपानेले ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन १० औं बर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै संस्थाका सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले स्वदेशी उत्पादन र सीपको प्रवद्र्धन गर्दै रोजगारीमा जोड्नका लागि आफ्नो पहल सदैव रहेको भन्दै युवा रोजगारको क्षेत्रमा सदैव दृढ रहेको बताउनुभयो ।
त्यस्तै समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा पुर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले रक्तदातालाई प्रमाण पत्र वितरण गर्दै संस्थाको कार्य प्रति प्रशंसा गर्नुभयो । सांसद पन्थीले शैक्षिक क्रियाकलापसंगै विद्यार्थीहरुको सीप विकासलाई पनि संस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम विशिष्ठ अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी, अतिथिहरु बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमीरे, नेपाल रेडकक्रस सोसाईटी बाणगंगा उप शाखाका सभापति शंकर पाण्डे, प्याब्सन कपिलवस्तु जिल्ला अध्यक्ष सुन्दर पाण्डे, चेम्बर अफ कमर्स बाणगंगाका अध्या धन कुमारी अधिकारी (धनु), रोटरी क्लव सेन्ट्रल कपिलवस्तुका अध्यक्ष डा.धर्मराज भट्टराई, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्री लगायतले सम्बोधन गर्दै ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनले दक्ष एवम् अनुभवी जनशक्ति उत्पादन गर्दै आएको र स्वदेशमै स्वरोजगारको सृजना गर्ने खालको प्रशिक्ष पनि दिन आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार पुर्ण चन्द्र परियार, संस्थाका लेखा प्रमुख विना नेपालीले सांगीतिक मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष संस्थाका प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न गर्नका लागी सहयोग गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सहयोग र समन्वयको अपेक्षा गर्नुभएको थियो । उहाँले अन्य कन्सल्टेन्सीहरुले ग्यारेन्टी कक्षाको नाममा धेरै रकम असुल्ने काम गरेको देखियता पनि ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनले शैक्षिक दक्षतालाई ख्याल गर्दै मानवीय तथा सामाकिज कार्यमा निरन्तर लागिरहेको बताउनुभयो ।

कोरियन भाषा प्रशिक्षक कमल भट्टराईले सम्पुर्ण स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आफ्नो ख्यातीलाई कायम गर्न सफल रहेको यस प्रशिक्षण केन्द्रले विगत १ दशक देखि बर्षदेखि निरन्तर बिद्यार्थीको हितमा काम गरेको छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा व्यापक बन्दै गइरहेको सन्दर्भमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने महान् उद्देश्यमा केन्द्रित छ; कपिलवस्तुको वाणगंगा नगरपालिका, जीतपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं (लुम्बिनी लर्निङ्ग सेन्टर) !

यस शैक्षिक संस्थाले बाणगंगामा मात्रै नभई जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको पाइन्छ । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं को स्थापना कालदेखि नै ठूला–ठूला बाधा अवरोधहरु पार गर्दै १ दशक यात्राको समयसम्म ाई पुग्दा सफलताको उच्चतम् विन्दुमा पुग्न र पु–याउन सफल शैक्षिक संस्थाका रुपमा आफुलाई स्थापित गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation