बरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठको निधन

काठमाडौं । नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवम् प्रकाशक प्रदीपमान श्रेष्ठको ६७ बर्षको उमेरमा असामायिक निधन भएको छ । असार १० गते आइतबार आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात  कोठाको ढाेकामा चिप्लेर लडेर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दिवगंत श्रेष्ठको अन्तिम संस्कार आइतवार राती पशुपतिमा भएको छ ।

पञ्चायती व्यवस्थाको अन्त्यताका ‘हिन्दु’ साप्ताहिकबाट उदाएका श्रेष्ठले नेपालभाषाको माध्यमबाट केही समय ललितपुरका धर्मरत्न शाक्यको ‘राजमति’ र त्यसपछि आफ्नै प्रकाशनमा दशकबढी ‘देसय् मरु झ्या:’ वाःपौको सम्पादन गर्नुभएको हो। तात्कालिन अवस्थामा नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र उहाँको पर्यायवाची निवासस्थान चाक्सीबारीको नजिक रहेर उहाँले सञ्चारका क्षेत्रमा गर्नुभएको योगदानस्वरुप  ज्यापु संस्कृति विकास कोषबाट सम्मान, त्रिवि नेपालभाषा विभाग पद्मकन्या क्याम्पसबाट सम्मान नेवाः गुथिबाट निष्ठावान पत्रकार सम्मान–पत्र अभिनन्दन–२०५६” एभरेष्ट युवा क्लबबाट २०५७ मा सार्वजनिक अभिनन्दन तथा सम्मान, तथा वि.सं. २०६० सालमा वीर गणेशमान सिंह पत्रकारिता पुरस्कार, सुप्रवल गोरखा दक्षिणबाहुपाखें सम्मानित समेत हुनु भएको थियाे ।

उहाँ गणेशमान सिंहको विचार र घटनाक्रमलाई ‘सिंहवाद’ शब्द प्रयोग गरेर धारावाहिक सिंहनाद गर्नुहुन्थ्यो। वि.सं. २०६० सालमा वीर गणेशमान सिंह पत्रकारिता पुरस्कार, प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित समेत हुनु भएको छ । वि.सं. २०५२ सालमा पुर्व राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य तथा समाजसेवी तथा राजनीतिक,  समेत रहेका श्रेष्ठको दुई जना छोरी र एक जना छोरासहित जहान रहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation