
विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ मा अवस्थित बुद्ध इङ्लिस स्कुलका विद्यार्थीहरुले विद्यालयमा लिचि र खेतमा धान रोपेर असार १५ मनाएका छन् ।
“जलवायु अनुकूलित कृषक मैत्रि प्रविधिः धान उत्पादनमा वृद्धि“ भन्ने नारा सहित आज २०औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन बुद्ध इङ्लिस स्कुलका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुले कक्षा ५ मा पढ्ने भास्कर पान्डेको खेतमा धान रोपेका हुन ।
‘सिप र सँस्कार सहितको व्यवहारिक शिक्षा’ आजको आवश्यकता भएका कारण विद्यार्थीहरुलाई विद्यालय जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन आज असार १५ का दिन रोपाइ कार्यक्रममा विद्याथीलाई सहभागी गराएको विद्यालयका प्रिन्सिपल लेखनाथ गैरेले जानकारी दिनुभयो । अव यी विद्यार्थीको खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले समेत विद्यार्थीलाई रोपाई कार्यक्रममा सहभागी गराइएको प्रिन्सिपल गैरेले जानकारी दिनुभयो ।
आफ्ना विद्यार्थीहरुले रोपाईँमा सहभागी भएको तस्बिर सामाजिक सञलमा सार्वजनिक गर्दै उहाँले लेख्नुभएको छ , आज असार १५ !! “जलवायु अनुकूलित कृषक मैत्रि प्रविधिः धान उत्पादनमा वृद्धि“ (२०औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन ) विद्यालयमा लिचि रोपेर अनि कक्षा ५ का विद्यार्थी भास्कर पान्डेको खेतमा विद्यार्थीहरूद्वारा धान रोपेर मनाईयो । सिप रसँस्कार सहितको व्यवहारिक शिक्षा ।
यसै विच विद्यालयमा शिक्षक कर्मचारी विच दही चिउरा खाने कार्यक्रम पनि गरिएको विद्यालयका प्रिन्सिपल गैरेले उपकार अनलाइनलाई जानकारी दिनुभयो ।