रोल्पामा पोखरीमा डुबेर बालकको मृत्यु

रोल्पा  । रोल्पाको दक्षिणी भेग रुन्टीगढीको एक गाउँमा एक बालकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार रुन्टीगढी गाउँपालिका–९ टुनीबोट निबासी इन्द्रबहादुर घर्तीमगरका छोरा ६ वर्षीय आमोश घर्तीको सिँचाइ पोखरीमा डुबेर ज्यान गएको हो ।

ती बालक खेल्नका लागि घरदेखि करिब १ सय मिटर पूर्वमा पर्ने सिँचाइ पोखरीमा पुगेर खेल्न थालेका बेला पोखरीमा डुबेका थिए ।

स्थानीयले घटनाबारे जानकारी पाएपछि स्थानीयसँगै घटनास्थल पुगेको प्रहरी टोलीले बालकको उद्धार गरेपनि त्यस अघि नै ज्यान गइसकेको थियो । उनकी बहिनी ४ वर्षीया एलिशा भने डुब्नबाट जोगिएकी थिइन् । घटनाबारे थप जानकारी भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation