
कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँकार्यपालिकाका उपप्रमुखले नै प्रमुख प्रशासकीय अधिकृत सगँ सुचना माग गरेका छन । उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले स्पष्ट खुलाई दिन माग गर्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई निवेदन पेश गरेका हुन
गाउँपालिका भित्र रहका कुनै पनि शाखाको कुनै पनि कार्यक्रमको बारेमा सुचना नदिनुको कारण के हो ? भन्दै उपाध्यक्ष कुर्मीले निवेदेन पेश गरेका हुन । कि गाउँपालिका उपाध्यक्षको हक अधिकार भित्र छैन स्पष्ट लिखित जवाफ उपलब्ध गराई दिनुहुन भन्दै निवेदन पठाइएको छ ।
यसरी एउटै पालिकाभित्र सुचनाको माग गर्दै निवेदन पठाएपछि पालिका भित्र तिक्तता आएको सहजै बुझ्न सकिन्छ । उपप्रमुख सामाजिक सञ्जाल बाट पोष्ट समेत गरेका छन । यता प्रमुख प्रशासकिय अधिकृतले भने उपप्रमुखले बिना कारण निउ खोजेको आरोप लगाएका छन ।
यस्तो छ सुचना मागेको पत्र