बाणगंगामा ३ महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १ मा ३ महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । उक्त तालिम उत्पीडीत नागरिक उत्थान केन्द्रको आयोजना र बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

तालिमको समापन सत्रमा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले राज्यका हरेक निकायहरुमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक तयार गर्न नगरले बजेट विनियोजन गर्दै आएको बताए । उनले बिशेष गरी दलित समुदायका किशोर किशोरीहरुलाई लक्षित गर्दै कम्प्युटर तालिमको लागी बजेट छुटाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । मयेर अर्यालले अहिले जुन सुकै क्षेत्रमा पनि कम्प्युटरको आवश्कता र महत्व बढ्दै गएकाले यस सम्बन्धि सम्पूर्ण ज्ञान हासिल हुनुपर्ने बताए ।उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै , तालिम पश्चात कम्प्युटरका नयाँ नयाँ सफटेयरको विकासमा खोज अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले तालिमबाट सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा प्लायन हुने क्रम बढेकाले चिन्ता व्यक्त गर्दै, उनले त्यस प्रवृतिलाई रोक्न तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । त्यस प्रवित्ती लाई रोक्न तालिम सञ्चालन गरेको बताइन् ।

यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमान्द भुसालले ३ महिना अवधिभर किशोर किशोरीले तालिमबाट ज्ञान,सिप र दक्षता हासिल गरेको बताए । उनले अहिलेको प्रविधिसंग घुलमिल हुदैं जान आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य पिताम्बर विश्वकर्मा, दिल बहादुर खाती, पूर्व कार्यपालिका सदस्य कुष्ण विश्वकर्माले राज्यको लगानीलाई किशोर किशोरीहरुले सहि ढङ्गले प्रयोगमा ल्याउन आग्रह गरेका थिए । नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा पिछाडिएका दलित समुदायका युवायुवतीहरु लाई ज्ञान, सिप सिक्ने अवसर प्रदान गरेको उनीहरुको भनाई रहेको छ ।

५० जनाको सहभागीता रहेको उक्त तालिमको अवधिभर अनुशासित ज्ञान, सिप दक्षता हासिल गरेका ४ जना पवित्रा नेपाली, सुरज वि .क. विपना नेपाली, सपना परियारलाई नगद सहित सम्मान गरिएको थियो ।

गणेश परियारको संचालनमा सम्पन्न उक्त कार्यक्रममा प्रेम बि .क. को अध्यक्षता रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation