अर्घाखाँचीमा करेन्ट लागेर गुल्मीका महतको मृत्यु

अर्घाखाँची । करेन्ट लागेर एक जनाको मृत्यु  भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड –३ मथुरामा अस्थायी रूपमा बिगत दुई महिनादेखि बस्दैआएका गुल्मीको मुसिकोट नगरपालिका वार्ड –३ बस्ने २६ वर्षका विमल महतको करेन्ट लागेर मृत्यु भएको हो।

आइतबार राति  १०ः४५ बजे अंरिगाल पोलेर फर्किने क्रममा छत्रदेव गाउँपालिका –३ मथुराका केशव खनालले बँदेललाई थापेको विद्युतीय पासोमा परेर महतको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation