बुद्ध इंग्लिश स्कूलका विद्यार्थीद्वारा शिक्षक शिक्षिकालाई सम्मान

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकाको वडा नम्बर ७ मा रहेको बुद्ध इंग्लिश स्कूलका विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन् ।
विद्यालयमा कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुलाई फुल र अविर लगाएर सम्मान गर्नुका साथै केक काटेर खुसियाली प्रदान गरेका थिए ।
कक्षा ९ की छात्रा कृतिका पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल लेखनाथ गैरे रहनु भएको थियो । कार्यक्रममा विद्यालयका भ्वइस प्रिन्सिपल सुकदेव ज्ञवाली लगायत सम्पुर्ण विद्यालयका शिक्षक, शिक्षिका र सम्पुर्ण विद्याथीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।No description available.
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल लेखनाथ गैरेले छोटो समयमै आफ्नै लगानीले गरेको कार्यक्रमले खुसी मिलेको र यो कार्यक्रमले आगामी दिनमा अरु विद्यार्थीहरुले पनि धेरै कुरा सिक्ने अवसर प्रदान गरेको बताउनुभयो । र कक्ष ९ का विद्यार्थी भाइबहिनी प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा कक्षा ९ का छात्र शिशिर गुरुङ्को स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको संचालन खुसी थापाले गरेकीMay be an image of one or more people and people smilingMay be an image of 7 people and people studying थिइन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation