
काठमाण्डाै । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् ।
खेल बिहान सवा ७ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुँदैछ । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् ।
आज मलेसियालाई हराउन सकेन नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ । समूह चरणमा नेपालले थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराएको थियो । मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो ।