
अर्घाखाँची । सन्धिखर्क-गोरूसिंगे सडक खण्डको घुम्ती नरपानी, जगत , दहखोला र भुवनपाटा आसपासमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । सन्धिखर्कबाट बिहान काठमाडौं र बुटवलका लागि हिँडेका यात्रु पहिरो खसेर सडक बन्द भएपछि अलपत्र परेका छन् ।
मंगलबार बेलुकासम्म गाडी चलेपनि रातभरि परेको अविरल वर्षाले पहिरो गएर सडक पुरेपछि बुधबार बिहानैदेखि सवारीसाधन चल्न नसकेका हुन् । अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।