कोटहीमाई गाउँपालिकाका ईन्जिनियर घुस रकम सहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिनका लागि सेवाग्राही संग घुस मागेका थिए ।

घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैया घुस लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिएको आयोगको वेभसाईटमा उल्लेख छ । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation